काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले राजासहितको प्रजातन्त्र पुन:स्थापित हुने दाबी गरेका छन् ।
बिहीबार राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवर्द्धनवादी राजनीतिक नेतृत्व विश्वमाँझ प्रस्तुत गर्ने जिकिर गरे ।
आफूहरुले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको उनको भनाइ छ । उनले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरु अहिले राष्ट्रिय झण्डामुनी गोलबद्ध भएर आन्दोलनको जग बसालेको बताए ।
राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै उनले देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था आवश्यक भएको बताए । राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।
उनले भने, ‘राजाले गद्दी त्यागेर सुख पाइँदैन । राजाको वंशले यसमा अल्छि गरेर सुख पाइँदैन । राजा नभई यो देश चल्दैन, हाम्रै स्वार्थका लागि भएपनि राजा चाहियो भनेर एक्लैले होस् मिलिजुली होस् समूहमा होस् जे जे तरिकाले होस् हामी गएको १८ वर्षदेखि यो कुरा भन्दै आयौँ । त्यो एकता अब राष्ट्रिय झण्डामा मात्रै हुन्छ भन्दै आयौँ । आज ति शारा कुराले जग हालेको छ । मलाई जिन्दगीमा यो भन्दा ठूलो खुशी अरु केही छैन । चाँढै नै राष्ट्रले सम्बद्र्धनवादी राजनीतिक नेतृत्व विश्वसामु प्रश्तुत गर्ने छ राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास फेरि प्रारम्भ हुनेछ । प्रजातन्त्रको अझ बढी सुदृढ सक्षम र सवल जग बस्ने छ भन्ने आशाका साथ प्रतिवद्धता जाहेर गर्दछु ।’ अध्यक्ष विष्टले देशको माया हुने सबैले आन्दोलनमा भाग लिएर सफल गराउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया