ओली सरकार आएपछि उर्जा क्षेत्रमा धेरै काम भएको छ : इप्पान अध्यक्ष कार्की

लोकपथ
182
Shares

काठमाडौं । स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले अझ प्रभावकारी हिसाबले काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले नेपालका निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताए ।उनले अहिलेको सरकार आएपछि केही महत्वपूर्ण काम भएको बताउँदै सरकारको प्रशंसा समेत गरे ।

उर्जामन्त्रीको नेतृत्वले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र बनाएको बताए । बंगलादेशका लागि विद्युत उत्पादन गरेर बिक्री गर्नसक्नु ठूलो उपलब्धि भएको कार्कीको भनाइ छ । २८ हजार ५ सय विद्युत उत्पादन गर्नका लागि नियमन आयोगको महत्वपूर्ण भूमिका हुने बताए । उर्जा मन्त्रालय शक्तिशाली मन्त्रालय बनाउनुपर्ने बताउँदै उनले एकद्वार नीतिहरु आउनेपर्ने भन्दै उनले सबै कुराहरु उर्जा मन्त्रालयमार्फत बजेटमा आउनुपर्ने बताए ।

कार्कीले भने, ‘यो सरकार आएपछि ऐतिहासिक काम भएको छ । कतिपयले मलाई प्रवक्ता समेत भन्नुहुन्छ । म त्यो भन्दा पनि माथि उठेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपाली नारा लिनुभएको छ । सच्चै नै त्यो पूरा गर्नकै लागि उर्जा क्षेत्र नै हो ।’

अहिले ५ सय भन्दा बढि कम्पनीहरु रहेको र त्यसैको हाराहारीमा जलविद्युत कम्पनीहरु आउन लागेको बताउँदै उनले प्रत्येक पटक एक जना शेयरधनी परिवर्तन हुँदा विभिन्न ठाउँमा स्वीकृति लिनुपर्ने बाध्यता रहेको बताए । त्यस्तो काम गरेर आयोग बस्न नहुने कार्कीको भनाइ छ । उनकाअनुसार त्यो हेर्ने सम्बन्धित निकाय छ ।

उनकाअनुसार विद्युत नियमन आयोगले २८ हजार ५ सय बिजुली कसरी नियमनसँगै खपत गर्ने, कसरी विद्युतलाई व्यापार गर्ने त्यतातर्फ सोच्न जरुरी रहेको बताए । विद्युत प्राधिकरणले पिपए गर्दा विभिन्न डकुमेन्ट हेर्ने गरेको बताउँदै कार्कीले त्यही प्रक्रिया विद्युत निमयन आयोगले गर्दा दोहोरो पर्ने बताए । एकै ठाउँमा त्यस्ता कामहरु गर्न जरुरी रहेको उनको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?