अख्तियारको आँखा ‘ठूलो माछा’तिर, पूर्वआइजीपी अर्याललाई ‘१३ पन्ने’ भराइयो

काठमाडौं, १९ कात्तिक— सामान्य घुस र हिनामिनाका घटनामा सीमित हुँदै आएको भनि आलोचित समेत हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूलो केस’मा हात हालेको छ । अर्थात पूर्वआईजीमाथि नै अख्तियारले छानबिन लागेको छ पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भनि परेको उजुरीमाथि अख्त्यिारले छानबिन थालेको हो उनीमाथि १३ पन्ने फारम भराएर अनुसन्धान सुरु गरेको भएको बताइएको छ । १३ पन्नेमा सम्पत्ति विवरणका फेहरिस्त हुने गर्छ अर्यालले आइजिपीबाट गएको फागुन २ गते अवकाश पाएका थिए अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले ठूला माथि भनिएका दर्जनौंमाथि छानविन गरिरहेको बताइएको छ यता केही दिनअघि मात्रै मुख्यसचिव पदबाट अवकास पाएका राजेन्द्र किशोर क्षेत्रीलाई ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयानका लागि बोलाएको छ २०७० भदौमा अख्तियारले ट्रान्समिटर खरिदमा घोटाला भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि मध्यस्तकर्ता नियुक्त गरेर प्राधिकरणको रकम अनियमित तरिकाले खर्च गरेको र अदालतलाई समेत प्रभावित पार्न खोजेको क्षेत्रीमाथि आरोप छ , 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?