जनार्दन शर्माले गरे ‘अपरेसन सिन्दूर’ को समर्थन, भन्छन् : ‘आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य’

लोकपथ
1.7k
Shares

काठमाडौं । भारत र पाकिस्तान युद्धबारे सरकारसहित कुनै पनि पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार उनले लेखेका छन्, ‘भारतले आतंकवादविरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’

उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?