शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग

लोकपथ
189
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग गरेका छन् । 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद जोशीले यस्तो माग गरेका हुन् । सांसद जोशीले एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि समेत व्यवस्था भइसकेकोले विधेयकलाई छिटो पास गर्नुपर्ने बताए । 

उनले भने, ‘त्यहाँ ७० बिघा जग्गामा ५३ वटा साना ठुला भवनहरू बनिसकेका एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि पनि सबै व्यवस्था भइसकेको र कार्यकारी लगायतका लागि बस्ने व्यवस्था भइसकेकोले यो विधेयकलाई चाँडोभन्दा चाँडो संसद्मा ल्याएर पास गरियोस् ।’

उनले विधेयकलाई प्राथमिकताका साथ कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गरे । गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय पनि भएको थियो । 

सोही दिन पारित गर्ने प्रस्ताव राख्ने तय भएको थियो । तर, मन्त्री पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो । विधेयक ०८० असोज २१ गते मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?