काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार २ सय कायम भएको छ । त्यसो त यसअघि हिजो प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय रहेको थियो । आज तोलामा ६ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो चाँदी प्रतितोला १ हजार ९ सय ६५ रहेको थियो, आज मूल्य गिरावट आइ १ हजार ९ सय ५५ कायम भइ कारोबार भइरहेको छ ।
पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा अत्यधिक वृद्धि भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया