‘ऊनको स्विटर’ हेर्न पुगे नेतादेखि कलाकारसम्म : कसले के भने ?

लोकपथ
336
Shares

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो ।

प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताए ।

उनले नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख रहेकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘चलचित्र एकदमै राम्रो छ । हेर्न लायक छ । नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख छन् । धेरै खुशी लागेको छ ।’

चलचित्र हेर्न पुगेकी उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताइन् । उनले अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको बताइन् ।

उनले भनिन्, ‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’

त्यस्तै अभिनेता विल्सनविक्रम राई (तक्मे बुढा) ले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरुमा आउने बताउँदै चलचित्रले मनमस्तिष्कमा छाप छोड्ने बताए ।

अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो र गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गरिन् । चलचित्र हेर्न छुटाउन नहुने उनीहरुको सुझाव छ ।

त्यस्तै अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गरे । साथै वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गरे । अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताए ।

वैशाख २६ गते शुक्रबार (भोलि) बाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा रहेका छन् । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ ।

चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?