जसपा नेपालको कोशी प्रदेशमा सांगठनिक गतिविधि तीव्र, चार जिल्लामा अधिवेशनको मिति तय

लोकपथ
154
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेश अन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेश अन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।

जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।

शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ । बिराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ । इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?