भारतीय हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

लोकपथ
1.8k
Shares

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बुधबार भारतीय सेनाले ‘अपरेसन सिन्दुरु’ को नाममा पाकिस्तानका विभिन्न नौ स्थानमा एक साथ मिसाइल आक्रमण गरेको हो ।

राति १:०५ बजेदेखि साढे १ बजेसम्म चलाइएको सो आक्रमणमा ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तान सेनाले जनाएको छ।

भारतले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप सो हमला गरेको जनाएको छ । भारतीय सेनाका अनुसार उक्त हमलामा आतंकवादी समूहका नौ अड्डाहरू निशानामा परेका थिए।

भारतीय आक्रमणको केही समयमै पाकिस्तानले जवाफी आक्रमण स्वरूप लाइन अफ कन्ट्रोलमा बमबारी गरेको र त्यसमा १० जना भारतीय नागरिकको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?