तनहुँ । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्यास नगरपालिका–३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुद्धि समेत ८ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया