लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो : मन्त्री भण्डारी

लोकपथ
98
Shares

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताएका  छन् ।  

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज मन्त्रालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेखनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास,  विस्तार र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगतबाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गरे । 

आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उनले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?