काठमाडौं । गएराति भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले ५ वटा भारतीय सैन्य जेट ध्वस्त पारेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाले सीएनएनलाई दिएको जानकारी अनुसार भारतले आक्रमणका लागि पठाएको तीन वटा राफेल जेट, एक मिग–२९ र एक एसयू–३० सहित एक ड्रोन समेत खसालेको जनाइएको छ । तर भारतले भने आधिकारिक रुपमा उक्त सैन्य जेट खसालेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
केही समयअघि पलहगाममा पाकिस्तानी अतिवादीहरुले गरेको हमलापछि क्रुद्ध बनेको भारतले ‘अपरेशनः सिन्दूर’ नै चलाएको थियो । भारतले बुधबार बिहान सतर्कतापूर्वक पाकिस्तानी भूभागमा आक्रमण गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार भारतले पाकिस्तानी आतंकवादी लुकेको ९ स्थानमा आक्रमण गरेको थियो । जसमा परी हालसम्म ३० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यसो त एक नेपालीसहित २८ जनाको मृत्यु हुने गरी भएको पहलगाम हमलापछि भारतले त्यसको जवाफ दिएको जनाएको छ ।
हिन्दू बाहुल्य भारत र मुस्लिम बाहुल्य पाकिस्तान एकअर्काबिच युद्धको सम्मुखमा रहेपछि त्यसले विश्वको ध्यान खिचेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया