काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसन अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको १८० सदस्यीय टोली साउथ सुडानतर्फ प्रस्थान गरेका छन् ।
‘युनाइटेड नेशन्स मिशन इन साउथ सुडान’ अन्तर्गत तैनाथ हुने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १२औँ डफ्फाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
मंगलबार (हिजो) राति इथियोपियन एयरलाइन्समार्फत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक जहरसिंह बुढाको नेतृत्वमा टोली त्यस तर्फ प्रस्थान गरेका हुन् ।
प्रस्थान गर्नुअघि वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा महानिरीक्षक राजु अर्यालले टोलीलाई औपचारिक रूपमा बिदाइ गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया