भारत–पाकिस्तान सीमा क्षेत्रका शैक्षिक संस्था बन्द

लोकपथ
1.5k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण दुवै देशका सीमावर्ती क्षेत्रहरूमा शैक्षिक गतिविधि प्रभावित भएका छन् । सुरक्षाको कारण देखाउँदै केही स्थानमा विद्यालय तथा कलेजहरू अस्थायी रूपमा बन्द गरिएको बीबीसीले जनाएको छ ।

बीबीसी संवाददाता आजादेह मोशिरीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद तथा पञ्जाब प्रान्तका धेरै भागहरूमा सबै विद्यालयहरू बन्द गरिएका छन् । त्यस्तै, बीबीसीका शफत फारुकले कश्मीरबाट पठाएको रिपोर्टअनुसार त्यहाँका धेरै भागहरूमा समेत शिक्षण संस्थाहरू बन्द छन् ।

भारतीय प्रशासनले जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ जिल्लामा रहेका सबै स्कूल, कलेज तथा अन्य शैक्षिक संस्थाहरू आजका लागि बन्द रहने घोषणा गरेको छ। यो निर्णय जनसुरक्षाको दृष्टिले गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?