पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

लोकपथ
6.9k
Shares

काठमाडौं । कश्मीरको सीमावर्ती क्षेत्रमा भएको गोलीबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ भने पाकिस्तानतर्फ सात जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि परेका छन्।

समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै तीन जनाको मृत्यु पुष्टि गरेका छन्। उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको कुराकानीमा भारतीय सेनाको आक्रमणबाट मस्जिदसहितका धेरै स्थानहरू लक्षित भएको र सात जनाको ज्यान गएको बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणको कडा आलोचना गर्दै पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् । भारतीय कारबाहीसँगै पाकिस्तानी पक्षबाट पनि जवाफी गोलीबारी भएको भारतीय सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?