काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर लडेर घाइते भएका छन् । खुमलटारस्थित निजी निवासमा बुधबार राति सुत्नुअघि शौचालय जाँदै गर्दा उनी चिप्लिएर लडेका हुन् ।
घटनापछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया