भारतद्वारा पाकिस्तानका ९ आतंकवादी शिविरमा हवाई हमला, ३० आतंकवादीको मृत्यु

लोकपथ
5.8k
Shares

एजेन्सी । भारतले आतंकवाद विरुद्ध कडा कदम चाल्दै पाकिस्तानमा हवाई हमला गरेको छ । भारतले पाकिस्तान अधिनस्थ कश्मीर (POK) मा रहेका नौवटा आतंकवादी शिविरमा लक्षित गर्दै हवाई हमला गरेको हो ।

‘अपरेशन सिन्दूर’ नाम दिइएको यो अपरेशन बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद जस्ता संवेदनशील क्षेत्रमा सञ्चालन गरिएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार, भारतीय वायुसेना र स्थलसेनाको संयुक्त प्रयासमा सञ्चालन गरिएको उक्त कारबाहीमा २४ वटा क्षेप्यास्त्र प्रयोग गरिएको थियो । कारबाहीमा जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबा आतंकवादी संगठनका प्रमुख अड्डाहरू ध्वस्त पारिएको बताइएको छ।

पहलगाममा भएको हालैको आतंकवादी हमलाको जवाफस्वरूप सञ्चालन गरिएको यस कारबाहीमा कम्तीमा ३० जना आतंकवादी मारिएको पाकिस्तानबाट आएका प्रारम्भिक रिपोर्टहरूमा जनाइएको छ। बहावलपुरमा मात्र ठूलो जनध्वंस भएको बताइन्छ।

पाकिस्तानी सेनाको जनसम्पर्क निकाय ISPR का अनुसार, भारतीय आक्रमणमा पाकिस्तानको सैन्य प्रतिष्ठान लक्षित गरिएको थिएन। भारतीय पक्षले पनि यही दाबी गर्दै आक्रमणको लक्ष्य आतंकवादी लुक्ने स्थान मात्र रहेको स्पष्ट पारेको छ।

संसदीय मामिला मन्त्री किरण रिजिजुले यस घटनासम्बन्धी एक भिडियो एक्स (पूर्व ट्विटर) मा सार्वजनिक गरेका छन्। उनले यो अपरेशनलाई भारतको आतंकवादविरुद्धको दृढ प्रतिबद्धता भन्दै समर्थन गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रातभर अपरेशनको निगरानी गरेका थिए, स्रोतहरूले जनाएका छन्। भारतीय सुरक्षासम्बन्धी रणनीतिक विश्लेषकहरूका अनुसार, ‘अपरेशन सिन्दूर’ले भारतको प्रतिरोध क्षमताको नयाँ चरण उद्घाटन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?