स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण

लोकपथ
18.9k
Shares

काठमाडौं । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उनको अन्त्येष्टि गरिने भएको हो ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकास मन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली थिए। 

राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उनी आख्यानकार, कवि र उपन्यासकार थिए ।

उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । एमालेको सचिवालय सदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेका नेता नेपालले पार्टी सुदृढीकरण र संगठन विस्तारमा अतुलनीय योगदान पुर्‍याएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?