समाजवाद उन्मुख अर्थतन्त्रले अलमलमा पारेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

लोकपथ
161
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवाद उन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताएका छन्  ।  नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभाग ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको हो कि जस्तो आफूहरूलाई लागेको बताए ।  श्रेष्ठले सरकारले संविधान संशोधन गर्ने मुख्य एजेण्डा बोकेर अगाडी बढेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रले कहाँनिर पुग्ने हो भन्नेमा अलमलमा पारेको  बताए  ।

उनले १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको स्मरण गर्दै भारतबाट सरकारी क्षेत्रबाट लगानी आए पनि त्यो हाइड्रोपावरमा मात्रै भएको बताउँदै अब सोच्ने समय आएको जिकिर गरे ।  

उनले भने, ‘म समाजवाद उन्मुख अर्थतन्त्रको बारेमा म कुरा राख्न चाहन्छु, अहिले दुई वटा ठुला दल मिलेर संविधान संशोधन गर्ने मुख्य एजेण्डा बोकेर अगाडी बढ्नुभएको छ यहाँहरू । राष्ट्रपतिज्यूले पनि अस्ति पहिलो प्राथमिकतामा संविधान संशोधन रहेको उल्लेख गर्नुभएको छ । संविधानमा जुन समाजवाद उन्मुख अर्थतन्त्र भनेर भनिएको छ, त्यसले कन्फ्युजन व्यक्त गरेको हो कि ? कहाँनिर पुग्ने हो, गन्तव्य स्पष्ट नभएको हो कि ? भन्ने जस्तो हामीलाई लागेको छ । यस्तै, १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरले लगानी गरेको छैन, लगानी छ भने सरकारी क्षेत्रबाट त्यो पनि हाइड्रोपावरमा मात्रै आएको छ । अब सोच्ने बेला आयो कि ?’

उनले संविधान संशोधनको समयमा सरकारले निजी क्षेत्रलाई हेर्न, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राखे ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?