दुई दिन घटेको शेयर बजारमा ‘करेक्सन’

लोकपथ
252
Shares

काठमाडौं । साताको दुई दिन निरन्तर घटेको शेयर बजारमा मंगलबार भने करेक्सन देखिएको छ ।

आज धितोपत्र बजार मापक नेप्से परिसूचक ४ दशमलव २६ अंकले वृद्धि भएको हो ।

आज २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता शेयर कारोबार हुँदा बजार २ हजार ६ सय १४ बिन्दुमा रोकिएको छ । त्यस्तै आज कुल ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज कारोबारमा आएकामध्ये १२० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार नेपाल माइक्रोफाइनान्स, चे्रस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी, ओम मेघाश्री फर्मास्यूटिकल, रिडी पावर कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यसो त वीन नेपाल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलबमेन्ट बैंक, हिमालयन हाइड्रोपावर ग्रीन डेभलवमेन्ट लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?