रेशम चौधरी पक्राउ प्रकरण : बिहीबार गृहमन्त्रीले संसदमा जवाफ दिने

लोकपथ
231
Shares

काठमाडौं । गत वैशाख १९ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणबारे सरकारले जवाफ दिने भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकले सो विषयमा जवाफ दिने जानकारी गराएका हुन् ।
सोमबार र आज समेत नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले जवाफ माग गरेका थिए । आजको बैठकमा दुई दलका सांसदहरुले विरोध जनाएपछि सभामुखले आगामी वैशाख २५ गते जवाफ दिने जानकारी गराएका हुन् ।

‘पर्सी २५ गतेका दिन गृहमन्त्रीले उपस्थित भएर जवाफ दिन्छु भन्ने मौखिक जवाफ आएको छ,’ सभामुख घिमिरेले भने ।

सर्वोच्च अदालतको अनाधिकृत पत्रका कारण पक्राउ परेको रेशम सोही दिन थुनामुक्त भएका थिए । सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले अनाधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भनेपछि प्रहरीले पक्राउ गरेको थियो । तर उक्त पत्र अनाधिकृत रहेको थाहा पाएपछि सर्वोच्चले पुनः अर्को आधिकारीक पत्र पठाएर रेशमलाई थुनामुक्त गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?