काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसद्मा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ ।
उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैर जिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’
सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया