काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष साहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाएका हुन् ।
राम नवमीमा बिदा दिइने भए पनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उनको आरोप छ । उनले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो रु भन्दै प्रश्न गरे ।
उनले भने, ‘माता जानकीको बारेमा सरकारलाई थाहा छ कि छैन ? राम नवमीमा सरकारले बिदा पनि दिन्छ । जानकी जयन्तीलाई किन बेवास्ता गरेको भन्ने प्रश्न पनि गर्न चाहन्छु । के अहिलेको एक्काइसौँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ रु एउटा राष्ट्रिय विभूति सीता जुन नेपालको गौरव हुन् । उहाँको सम्मानलाई बेवास्ता गर्न मिल्छ । प्रधानमन्त्रीज्युले आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो रु ’
उनले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक बिदाको घोषणा गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया