मकवानपुरमा जमिन भासिएर हराएको गाडीबारे अध्ययन गर्न भूगर्भ विभागको टोली पुग्यो

लोकपथ
2.4k
Shares

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ र १७ वडाको सीमानामा पर्ने गैरीगाउँ भन्ने स्थानमा बेपत्ता गाडीको अवस्था अझै अज्ञात छ ।

त्यहाँ त्यसअघि पनि गोरु लगायत पशुपंक्षीहरु त्यसैगरी हराउने गरेको स्थानीयले बताएपछि खानी तथा भूगर्भ विभागले अध्ययन थालेको छ ।

गुडिरहेको गाडी नै भासिएर बेपत्ता भएको पाँचौँ दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोली त्यहाँ पुगेर अनुसन्धान थालेको हो ।

घटनास्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित भूगर्भविद अधिकारीले बताएका छन् ।

साथै घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गरिने बताइएको छ ।

गत शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको थियो । उक्त गाडीमा सवार चालक र सहचालक भने गाडीबाट हामफालेर बाच्न सफल भएका थिए । सो ठाउँमा ठूलो खाल्डो परेको र धमिलो पानी भरिएकाले गाडीको अवस्थाबारे जानकारी लिन समेत कठिन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?