काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै सुरु गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो उक्त कदम हलिउड चलचित्रलाई बचाउनु रहेको भन्दै सो घोषणा गरेका हुन् । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए ।
अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको समेत टिप्पणी गरेका छन् ।
विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया