काठमाडौं । इन्डियन आइडल सिजन १२ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन गम्भीर सवारी दुर्घटनामा परेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार सोमबार बिहान उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा पवनदीपसहित कारमा सवार तीनै जना गम्भीर घाइते भएका छन् । उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि अहिले उनीहरुको नोयडाको फोर्टिस अस्पतालमाउपचार भइरहेको छ ।
हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।
उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो ।
उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजनले इण्डियन आइडल सिजन १२ को उपाधि जितेका थिए । केही वर्षअघि उनले काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया