धनकुटामा यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु, ११ घाइते

लोकपथ
1.2k
Shares

काठमाडौं । धनकुटाको लोकमार्गअन्तर्गत सोमबार दिउँसो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ गोठगाउँमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै मृत्यु भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

बसमा रहेका अन्य घाइते यात्रुहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?