देशभर मौसमी प्रणाली सक्रिय, चट्याङ्गसहित वर्षाको सम्भावना

लोकपथ
1.7k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले मौसममा असर पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यस प्रणालीको प्रभावस्वरूप अहिले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

आज दिउँसो कोशी प्रदेश लगायतका पहाडी भू-भागमा र देशका केही अन्य भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समय पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना उच्च रहेको छ। अन्य प्रदेशका केही स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने देखिएको छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?