फेवातालमा हावाहुरी : डुंगामा फसेका यात्रुहरूको सकुशल उद्धार

लोकपथ
1k
Shares

काठमाडौं । पोखराको फेवातालमा फसेका ८ जनाको सकुशल उद्धार गरिएको छ । फेवातालमा सोमबार दिउँसो एक्कासि चलेको हावाहुरीका कारण डुंगामा सवार यात्रुहरू तालमै फसिए पनि उनीहरूको सकुशल उद्धार गरिएको हो ।

८ जना पर्यटक केही समय तालमै अल्झिएका थिए । तीमध्ये एक डुंगा पल्टिँदा दुई जना तालमै खसेका थिए।
सशस्त्र प्रहरी बल नेपालले तालमै खसेका भरपुरका रेशम थापा र विजय सुनारलाई सकुशल उद्धार गरेको छ । उनीहरू सामान्य अवस्थामा रहेको र थप उपचारको आवश्यक नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?