पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

लोकपथ
1.2k
Shares

कास्की । जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदिमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक रहेका छन् ।

विक सेतीमा पौडी खेल्ने क्रममा गत वैशाख २२ गते दिउँसो २ बजे डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।

उक्त गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?