रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक युवकमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाको भिडियो बाहिरिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई नियन्त्रणमा लिएको हो ।
विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा तीन जना व्यक्तिले एक युवकलाई समातेर खुट्टामा पाइपले हिर्काएको दृश्य देखिन्छ । भिडिओमा देखिएको घटना केही समयअघिको भए पनि अहिले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कुटपिटमा संलग्न अन्य दुई व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया