शेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार पनि घट्यो

लोकपथ
161
Shares

काठमाडौं । नेपाली शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको शेयर बजारमा घट्ने क्रम आज पनि निरन्तर भएको हो ।

धितोपत्र बजार मापक नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर बजार २ हजार ६ सय १० बिन्दुमा रोकिएको छ ।

त्यस्तै आज कारोबार रकम समेत घटेको छ । आइतबार ९ अर्ब बढीको कारोबार भएकोमा आज आज ७ अर्ब बढी मात्रै कारोबार भएको हो ।

आज १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता शेयर ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६ सय ९३ रुपैयाँ बराबर कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये नेपाल माइक्रोफाइनान्स, ओम मेघाश्री फर्मास्यूटिकल, सिटिजन सुपर म्यूचुअल फण्ड, चेरिस्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायत कम्पनीको लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

त्यस्तै हिमालयन पावर पार्टनर, रिभर फल्स पावर लिमिटेड, कर्पोरेट डेभलबमेन्ट, सप्तकोशी डेभलबमेन्ट बैंक लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

त्यसो त आज कारोबारमा आएकामध्ये ८६ वटा कम्पनीको शेयर मूल्य बढेको, १५९ कम्पनीको शेयर मूल्य घट्दा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?