झापामा ठूलो मात्रामा ब्राउनसुगर बरामद, एक जना फरार

लोकपथ
651
Shares

काठमाडौं । झापाको कनकाई नगरपालिकामा आज बिहान प्रहरीले प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुरुङ्गा–झापा सडक खण्डको कनकाई–५ मा भारतीय बिआर ३७ टी नम्बर प्लेट भएको मोटरसाइकल चेकजाँचको क्रममा उक्त मोटरसाइकलमा रहेको झोलाबाट करिब २०० ग्राम ब्राउनसुगर फेला परेको हो ।

प्रहरी टोलीले बिहान ८:४० बजे शंकास्पद मोटरसाइकललाई रोकेपछि चालकले मोटरसाइकलसहित झोला फालेर फरार भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका चालकलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।

फरार व्यक्ति र लागुऔषध तस्करीमा संलग्नको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?