काठमाडौं । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित गुरुखोला श्रीखण्डमा आज बिहान एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बिहान करीब ८:३० बजे केशवदत्त भट्टको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीले घरको दोस्रो तला पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामान जलेर नष्ट भएका छन्।
स्थानीय बासिन्दा र प्रहरी चौकी गुरुखोलाबाट खटिएको टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया