नेताहरुको रिहाइका लागि सुरु गरिएको रिले अनसनप्रति डा. लोहनीको ऐक्यबद्धता

लोकपथ
847
Shares

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजावादी आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाइका लागि सुरु गरिएको अनसनबारे ऐक्यबद्धता जनाएका छन् ।

चैत १५ को तीनकुने घटनापछि राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, सन्तोष राजावादी लगायतलाई रिहा गर्न माग गर्दै अनसन सुरु गरिएको थियो ।

रिले अनसनप्रति समर्थन जनाउन राप्रपा निर्देशन समितिका अध्यक्ष डा. लोहनी सोमबार ललितपुरको जावलाखेल पुगेका हुन् ।

राजावादीहरुले आयोजना गरेको रिले अनसनका सहभागीलाई लोहनीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने र मानव अधिकारको सम्मान गरिनुपर्ने, मृतक दुई लाई सहिद घोषणा र उचित क्षतिपूर्तिको र तिनकुने घटनाको निष्पक्ष छानबिनको लागि उच्चस्तरीय आयोग बन्नुपर्ने बताएको राप्रपाका नेता जनक राज पाठकले बताए ।

बन्दीहरुको रिहाइका लागि गरिएको अनसन आज चौथो दिन पुगेको छ । तर आस्थाकै आधारमा राप्रपाका नेतादेखि कार्यकर्तासम्मलाई थुनिएको भन्दै उनीहरुको रिहाइ नभएसम्म अनसन निरन्तर रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?