माओवादी सांसदको आरोप– ‘एमालेको कारण कर्णाली प्रदेश भिखारी भयो’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा एनजीओ र आईएनजीओहरुको प्रवेशले विकासमा पछि परेको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोलेका कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले सो आरोप लगाएका हुन् ।

उनले अहिले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको कारण कर्णाली अविकसित भएको टिप्पणी गरे ।

‘साच्चिकै कर्णाली प्रदेश सम्पन्न प्रदेश हो । एमालेकै कारणले गर्दा कर्णाली प्रदेश भिखारी भएको हो । एनजीओको नाममा कर्णाली प्रदेशलाई लुटियो । एनजीओको मार्फत कर्णालीको फोटा खिचेर डलर कमाउने कामहरु भए,’ उनले भने ।

त्यस्तै केन्द्र सरकारले कर्णालीलाई अझै पनि हेपेको भन्दै आगामी दिनमा आफूहरु सोच्न बाध्य हुने चेतावनी दिए ।
‘अब कर्णालीलाई त्यही हेपाहा मानसिकता भयो, सरकारले त्यही व्यवहार गर्यो भने हामी सबै कर्णालीका जनप्रतिनिधिहरुले सोच्नुपर्ने बेला आएको छ र हामी सोच्छौँ, त्यसको परिणाम के निस्किन्छ सरकार आफैँले हेर्नुपर्छ,’ उनले भने ।

यसैगरी बितेका वर्षहरुमा पावरको दुरुपयोग गरेर आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट लैजाने कामहरु भएको बताए । साथै वर्तमान सरकार बिचौलियाले चलाएको भन्दै सरकारप्रति कटाक्ष व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?