चीनको गुइझोउमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, दर्जनौँ घाइते

लोकपथ
105
Shares

एजेन्सी । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तस्थित किआनक्सी शहरको एक नदीमा आइतबार भएको डुङ्गा दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार, तीव्र हावाको कारण डुङ्गा पल्टिएको हो।

सरकारी प्रसारक सिसिटिभीका अनुसार, घटनाको बेला पर्यटकहरूसहित ८४ जना यात्रु डुङ्गामा सवार थिए । तीमध्ये चार जना मात्र सकुशल उद्दार गरिएका छन् भने एक व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले दुर्घटनापछि उद्धार र उपचार कार्यमा ‘सबै प्रयास’ गर्न निर्देशन दिनुका साथै पर्यटकीय स्थलहरूमा सुरक्षालाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । साथै, उपप्रधानमन्त्री झाङ गुओचिङलाई घटनास्थलमा राहत वितरण र उद्धार कार्यको निरीक्षण गराइएको छ।

अनुसन्धानबाट यात्रु संख्या अनुमतिभन्दा बढी नभएको पुष्टि भए पनि मौसमको प्रतिकूलताले दुर्घटना निम्त्याएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?