रेशम चौधरी पक्राउबारे नाउपाद्वारा सरकारको जवाफ माग, भोलिसम्म नआए सरकारबाट बाहिरिने चेतावनी

लोकपथ
2.9k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ माग गरेको छ ।

प्रधानमन्त्री वा गृहमन्त्रीमध्ये एक जनासँग जवाफ माग गरेको नाउपाले भोलि मंगलबारसम्म जवाफ नआए सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिएको छ । 

नाउपाबाट अरुण चौधरी नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीका रूपमा सरकारमा सामेल छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए ।

उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन । त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौँ ।’

उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइएको पनि बताए ।

त्यस दिन नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको बताए । 

त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?