काठमाडौं । स्रोत नखुलेको नगद ९५ लाख १७ हजार पाँच सय रुपैयाँसहित चार जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि शङ्कास्पद रूपमा दुई मोटरसाइकलमा सवार अवस्थामा भेटिएका उनीहरूलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ का २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरू साथमा बोकेको झोला चेकजाँच गर्दा उक्त ठूलो रकम फेला परेको थियो ।
रकमको स्रोत नखुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको र हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया