भोलि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा जवाफ दिने

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सभामा जवाफ दिने भएका छन् ।

ओलीले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा जवाफ दिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रमबारे आजबाट प्रतिनिधि र राष्ट्रिय सभामा छलफल हुँदैछ ।

प्रधानमन्त्री ओलीले मंगलबार (भोलि) नै त्यसबारे जवाफ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?