नेपाल प्रहरीका ७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाली प्रहरीका ७ नायब प्रहरी महानिरीक्षक (डीआईजी) हरुको सरुवा भएको छ ।

आइतबार गृहमन्त्रीस्तरीय निर्णय अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै सरुवा सूची निकालेको हो ।

जसअनुसार प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी ईश्वर कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत (प्रवक्ताको जिम्मेवारी) दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका छन् । यसअघिका डीआईजी भोला बहादुर रावत अनिवार्य अवकासमा गएका कारण आचार्यलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको हो ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी राजेन्द्र प्रसाद भट्टलाई दिइएको छ । हाल उनी प्रहरी प्रधान कार्यालय नक्साल कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?