चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

लोकपथ
1.2k
Shares

कञ्चनपुर ।  चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर  मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएको जानकारी  दिए । 

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?