विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले घेरे मधेस प्रदेश गृह मन्त्रालय

लोकपथ
140
Shares

काठमाडौं । मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकारअन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् । 

‘एक शहीद, एक रोजगार’ कार्यक्रम अन्तर्गत प्राप्त रोजगारी खोस्ने तयारी गरिएको आरोप लगाउँदै उनीहरूले गृह मन्त्रालय घेराउ गरेका हुन् । 

शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्ना आवाज नसुनिएको गुनासो गर्दै मन्त्रीहरू भेट्नसमेत नआएको आरोप लगाए । 

उनीहरूको भनाइअनुसार कतिपय शहीद परिवारका सदस्यहरूलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित तलब दिइएको छैन । 

यस्तै बलिदानी दिवसको अवसरमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि हालसम्म त्यसमा कुनै प्रगति नभएको उनीहरूको गुनासो छ । 

आन्दोलनरत शहीद परिवारले गृह मन्त्रालयलाई आफूहरूको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?