घट्यो शेयर बजार, ९ अर्ब बढीको कारोबार

लोकपथ
140
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट देखिएको छ ।

आज शेयर बजार ०.००४ प्रतिशत अर्थात् १.१८ अंकले घटेको हो । धितोपत्र बजार मापक नेप्से परिसूचक २ हजार ६ सय २२ अंकमा रोकिएको छ ।

नेप्सेका अनुसार आज कुल २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता शेयर कारोबार भएको हो । त्यस्तै आज बजार घटे पनि कारोबार भने बढेको छ । आज कुल ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज कारोबारमा आएकामध्ये ११७ कम्पनीको शेयर बढेको, १२८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

आज नेपाल माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्यूटिकल लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यसो त वीन नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनी, भूगोल इनर्जी लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?