काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद् भवनको अनुगमन गरेको छ । आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको अनुगमन गरेको हो ।
निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरू रहेका थिए । मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताए । उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए ।
समितिले नयाँ बन्ने संसद् भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया