माल्दिभ्सका राष्ट्रपतिले १४ घण्टा ५४ मिनेट पत्रकार सम्मेलन गरेर बनाए रेकर्ड

लोकपथ
1.1k
Shares

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्यूले झण्डै १५ घण्टा निरन्तर पत्रकार सम्मेलन गरेर विश्व रेडर्क राखेका छन् ।

शनिबार राष्ट्रपति मुइज्यूले १५ घण्टा पत्रकार सम्मेलन गरेर यसअघिको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको जनाइएको छ ।]

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बनाएको रेकर्ड तोडेको मुइज्यूको कार्यालयले जनाएको छ । यसअघि सन् २०१९ मा युक्रेनको नेसनल रेकर्डस एजेन्सीले १४ घण्टा निरन्तर पत्रकार सम्मेलन गरेर जेलेन्स्कीले विश्व रेडर्क कायम राखेको जनाएको थियो । उनले त्यसअघि बेलारुसका एक नेताले ७ घण्टा पत्रकार सम्मेलन गरेर बनाएको रेकर्ड तोडेका थिए ।

यता शनिबार स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु गरेर १४ घण्टा ५४ मिनेट निरन्तर पत्रकार सम्मेलन गरेर मुइज्यूले नयाँ रेडर्क बनाएका हुन् ।

‘राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा करिब २ दर्जन पत्रकारहरुको उपस्थिती रहेको जनाइएको छ । साथै राष्ट्रपति मुइज्यूले पत्रकारहरुको प्रश्न सामना गर्दै निरन्तर आफ्नो धारणा व्यक्त गरेका थिए ।

मुइज्जुले समाजमा प्रेसको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?