तीनकुने घटनामा संलग्नसहित ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा (नामसहित)

लोकपथ
1.5k
Shares

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेकाहरु समेत सहभागि भएका छन् ।

८ जनाले परीक्षा दिने तयारी गरे पनि दुई जना परीक्षामा सहभागि नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार परीक्षामा सहभागि हुनेहरुमा अभद्र मुद्दामा प्रहरी वृत्त लैनचौरमा रहेका नुवाकोटका सिमन घले, प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका भारत घर भइ हाल काठमाडौं बस्ने अमन साकिन रहेका छन् ।

त्यस्तै प्रहरी वृत्त स्वयम्भूमा रहेका सरोज थापा, प्रहरी वृत्त बालाजुमा रहेका स्याङ्जाका सरोज थापा, प्रहरी वृत्त मालिगाउँमा रहेका सिन्धुपाल्चोकका दावा शेर्पा रहेका छन् ।

त्यस्तै गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा पक्राउ परेका सिराहाका दिने महतोले समेत परीक्षामा सहभागि भएका छन् । महतो हाल आपराधिक उपद्रवमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् ।

त्यस्तै ज्यान मार्ने कुसरमा मालिगाउँ वृत्तमा रहेका कैलालीका राजकुमार खडायत र जबरजस्ती करणी मुद्दामा शनिबार पक्राउ परेका सर्लाहीका अभयराज सिंहले परीक्षा नदिने भएको प्रवक्ता एसपी बोहराले बताए ।

विभिन्न स्थानमा हिरासतमा रहेकाहरुलाई परिसरमा नै परीक्षा उपकेन्द्र खडा गरेर परीक्षाको व्यवस्था गराइएको हो ।

‘विभिन्न घटनामा अनुसन्धान भइरहेकाहरुलाई आज कक्षा १२ को परीक्षामा सहभागि गराइएको छ,’ बोहराले लोकपथसँग भने, ‘उहाँहरुलाई परिसरमै उपकेन्द्र खडा गरेर परीक्षा दिन लगाइएको हो ।’

गत वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा गर्ने भनिएको थियो । तर शिक्षक आन्दोलनका कारण आजबाट मात्रै परीक्षा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?