भारद्वाज गोत्रीय जमरकट्टेल, जमकट्टेल, कट्टेल बन्धुहरुको साधारणसभा सम्पन्न, एकराजको अध्यक्षतामा केन्द्रीय समन्वय समिति

लोकपथ
2.2k
Shares

काठमाडौं । भारद्वाज गोत्रिय जमरकट्टेल, जमकट्टेल, कटेल र कट्टेल बन्धुहरुको साधारणसभाले केन्द्रीय समन्वय समितिको नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

चितवनको नारायणगढमा शनिबार सम्पन्न सधारणसभा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारणसभाले सोलुखुम्बु नेचाका एकराज जमरकट्टेलको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समन्वय समिति चयन गरेको छ ।

सभाले महासचिवमा नुवाकोटका रमेश जमकट्टेललाई चयन गरेको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा देवी प्रसाद जमरकट्टेल (झापा) तथा उपध्यक्षमा विरजित कट्टेल (बाजुरा), ऋषिराम जमरकट्टेल (कास्की), इन्दिरादेवी जमरकट्टेल (चितवन), उद्वबराज जमरकट्टेल (तनहु), रामहरी जमरकट्टेल चितवन, खगराज जमरकट्टेल (इलाम), रमेश जमकट्टेल (काठमाडौं) रहेका छन् । साथै संस्थाको उपमहासचिवमा धादिङका अमित जमकट्टेल , सचिवमा चितवनका सम्पद जमरकट्टेल तथा कोषाध्यक्षमा काठमाडौंका केदार जमकट्टेल चयन भएका छन् ।

साधारणसभाले बंशावलीको दोस्रो संस्करण प्रकाशनको लागि डा. शम्भुप्रसाद जमरकटेलको नेतृत्वमा गठन भएको बंशावली प्रकाशन समिति २०७२ लाई निरन्तरता दिने निर्णय गरेको छ । सभामा वंशावली लेखन तथा अद्यावधिकको विषयमा जानकारी गराउदै डा. जमरकट्टेलले भने, ‘अहिले देश तथा विदेशमा रहेका बन्धुहरुबाट आएका डाटालाई अद्यावधिक तथा छुटेका बन्धुहरुको नामावली संबलनको काम गरिरहेका छौ । जतिसक्दो छिटो डिजिटल भर्सन बन्धुहरुमाझ पुर्‍याउछौ, त्रुटीभए त्यही सचिन्छ त्यपछि हामी प्रिन्टमा जान्छौँ ।’

साधारणसभामा देशभरबाट १४ समिति तथा १३ जिल्लाका प्रतिनिधिसहित २७ जिल्लाका बन्धुहरुको प्रतिधित्व रहेको केन्द्रिय समन्वय समितिमा उपमहासचिव अमित जमरकट्टेलले जानकारी दिए ।

यसैगरी उक्त सभामा भारद्वज गोत्रिय ऋषी आश्रम निर्माणको लागि दान संकलनको पनि आरम्भ भएको छ । सभामा बल्दै पूर्व मुख्यमन्त्री जमकट्टेलले भारद्वज ऋषी आश्रम निर्माणको लागि आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग रहने बताए । चितवनको देवघाटमा भारद्वज गोत्रिय ऋषी आश्रम निर्माणको लागि जग्गा खरिद तथा संरचना निर्माणको लागि प्रारम्भिक रुपमा केही े
दाताहरुले सहयोग घोषणा गरेका छन् ।

जसमा गणेश जमरकट्टेलले २५ हजार, डा. शम्भु प्रसाद जमरकट्टेल १ लाख १ हजार ११ , उद्धव जमरकट्टेल २५ हजार , रुद्र प्रसाद जमरकट्टेल १ लाख ११ हजार १ सय ११ , ईन्दिरादेवी जमरकट्टेल २५ हजार २५ , एकराज जमरकट्टेल (नेचा) २५ हजार २५ , बाबुराम जमरकट्टेल (तनहुँ) २५ हजार १ सय, खगराज जमरकट्टेल १ लाख १ सय ११ , चन्द्र कट्टेल १ लाख १ हजार , सूर्य प्रकाश जमरकट्टेल १ लाख ११ हजार १ यस , बुद्धिसागर जमरकट्टेल २५ हजार, एकराज जमरकट्टेल कास्की २५ हजार गरी ६ लाख ९९ हजारभन्दाबढी रकम घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?