मन्दिरको उत्सवमा भागदौड, ६ जनाको मृत्यु

लोकपथ
364
Shares

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य गोवाको एक मन्दिरमा शनिबार बिहान धार्मिक उत्सवको क्रममा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ ।

अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । गोवाको शिरगाओ क्षेत्रमा अवस्थित श्री लैराई देवी मन्दिरमा भागदौड भएको थियो ।

घाइते दश जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे ।

त्यस्तै यता राज्य सरकारले भने भागदौडबारे अनुसन्धान अघि बढाउने र मृतकका परिवारलाई राहतको व्यवस्था गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?