काठमाडौं । गएरातिदेखि लगातार परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विस्तारको काम भइरहेको यस खण्डमा पानीका कारण सतह चिप्लो बनेपछि सवारी साधनहरू चलाउन असहज भए र जोखिम बढेपछि सडक पूर्ण रूपमा बन्द गरिएको हो ।
प्रहरीले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अहिलेका लागि उक्त खण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया